फेरि बढ्यो सुनको भाउ

काठमाडौं– आज छापावाल सुनको भाउ तोलमा ६० हजार ५०० पुगेको छ । शुक्रबार सुनको भाउ तोलमा ६० हजार २०० रहेकोमा आइतबार बढेर ६० हजार ५०० पुगेको हो। यस्तै आइतबार तेजाबी सुन तोलमा ६० हजार २०० रहेको छ । चाँदी तोलमा ७४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।